तोलामा ९२ हजार ३०० पुग्यो सुनको मूल्य

काठमाडौं । आइतबार घटेको सुनको मूल्यमा आज (सोमबार) सामान्य वृद्धि भएको छ ।

आइतबार ९१ हजार १०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर ९१ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुनको मूल्य तोलामा ९१ हजार ६६० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै चाँदी तोलामा ९९० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री