कोरोना अपडेट : विश्वभर ५ लाख ६७ हजारले ज्यान गुमाए, १ करोड २८ लाखबढी संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ७४ लाख ७८ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७४ लाख ७८ हजार १ सय २९ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख ६७ हजार ६२८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड २८ लाख ४१ हजार ५०४ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ३७ हजार ४०३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ३३ लाख ५५ हजार ६४६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६१ हजार ७१९ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ७३२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १८ लाख ४० हजार ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९६८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७१ हजार ४९२ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार ६८७ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा २७ हजार ७५५ जना नयाँ संक्रमित थपिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चिचिला भिरमा युवकको शव

काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिकामा आज एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ …

प्रतिकृया दिनुहॊस