अभिनेता अमिताभ र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बलिउड अभिनेता अभिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि भएको छ । दुबैजनालाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

अभिताभ बच्चनले ट्वीटर माफर्त आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘मलाई अस्पताल भर्ना गरिएको छ । । म अस्पताल भर्ना भइसकेको छु । मेरो परिवार र स्टाफका सदस्यहरुको परीक्षण भएको छ । उनीहरुको रिपोर्ट आएको छैन । पछिल्ला १० दिनमा मेरो सम्पर्कमा आएका सबैलाई अनुरोध गर्दछु कि उहाँहरुले पनि आफ्नो कोरोनाको परीक्षण गराउनुहोला ।’

उनको ट्वीट लगत्तै छोरा अभिषेकले पनि आफू र बुवाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाएका छन्। उनले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गरेका छन् । अभिषेकले आफ्नो परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण र गरिएको बताउँदै नआत्तिन अपिल गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस