कतारबाट आएका १४९ जनालाई कोरोनाको आशंका, खरिपाटी क्वारेन्टाइनमा लगियो

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंका भएपछि शुक्रबार कतारबाट फर्किएका १ बालिका, ६ महिलासहित १ सय ४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ ।

कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट ९ वटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

एउटै विमानमा आएका केहीलाई कोरोनाको आशंका भएपछि सबै यात्रुलाई नियमअनुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरूलाई भने सिधै क्वारेन्टाइनमा लगिएको हो । क्वारेन्टाइनमा लगेर पीसीआर परीक्षणको तयारी गरिएको प्रजिअ पाण्डेले जानकारी दिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस