कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्म स्थगित

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनको शोकमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित भएकाे छ। निर्वाचन समीक्षाका लागि भन्दै चैत ९ गतेबाट कांग्रेस केन्द्रीय समिति बैठक शुरु भएको थियो ।

निर्वाचन समीक्षामा हालसम्म ४३ जना केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । कांग्रेसका पूर्वमहामन्त्री रहेका खड्काको गएकाे शुक्रबार दिल्लीको एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।  खड्काको पार्थिव शरीरलाई शनिबार राति सानेपास्थित निवासमा ल्याइएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री