सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च भएपछि रातो बत्ती बालियो, ३० ढोका खोलियो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो ।

सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । पानीको बहाव यो वर्षकै उच्च हो ।

कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब कोरिया जान मागको तीन गुणा मात्र आवेदन लिइने

काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका …

प्रतिकृया दिनुहॊस