चर्काे भाडा लिएर यात्रु ओसार्ने १६ निजी सवारी नियन्त्रणमा

काठमाडौं । चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक वामदेव गौतमले रातो नम्बर प्लेटको सवारीसाधनले प्रयोजन विपरीत यात्रुसँग भाडा लिएर यात्रु ओसारपसार गरेकाले कारवाही गरिएको जानकारी दिए ।

‘बन्दाबन्दीको समयमा सार्वजनिक सवारीसाधन नचलेको मौका छोपेर प्रयोजन विपरीत निजी सवारीसाधन चलाएकाले पक्राउ गरेका हौँ’, उनले भने । यातायात व्यवस्था ऐन, २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस