नयाँ आइजीपीमा शैलेश थापा क्षेत्री सिफारिस

काठमाडौं । नयाँ आइजीपीमा शैलेश थापा क्षेत्रीको नाम सिफारिस  गरिएको छ  ।

आज बसेको गृहमन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीमा वरिष्ठतम एआइजी थापालाई आइजीपीका लागि सिफारिस गरेको हो ।

 

आइजीपी नियुक्तिको निर्णय आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले गर्ने बताइएको छ ।

आइजीपीका अर्का प्रतिस्पर्धी एआइजी हरिबहादुर पाल रहेका भए पनि गृह मन्त्रालयले क्षेत्रीलाई सिफारिस गरेको हो ।

हाल रहेका आइजीपी ठाकुर ज्ञवालीको कार्यकाल भोलिदेखि सकिंदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री