कोरोना अपडेट : विश्वभर ५ लाख ३२ हजारले ज्यान गुमाए, संक्रमितको संख्या १ करोड १३ लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड १३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड १३ लाख २२ हजार ७९० पुगेको छ ।

सोमबार एकैदिन विश्वमा दुई लाखभन्दा धेरै कोरोना संक्रमित थपिएको जनाएको छ । आइतबार २ लाख २ हजार ५४५ कोरोना संक्रमित थपिएका थियो । शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन २ लाख ११ हजार ४११ संक्रमित थपिएको डब्लूएचओको तथ्यांकमा उल्लेख छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ३२ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ३२ हजार ३४० पुगेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडिओसहित दुई जनाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने र प्रतिलिपी दिने तत्कालीन …

प्रतिकृया दिनुहॊस