काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४४३ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १८ हजार ६५५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २२ हजार ७७१ जना संक्रमित पुष्टि भएको छ । यो संख्या एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मको सबै भन्दा बढी हो ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ । भारतमा कुल संक्रमित ६ लाख ४८ हजार ३१५ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा रहेको छ ।
भारतमा अहिलेसम्म ३ लाख ९४ हजार २२७ जना ठिक भएका छन् भने २ लाख ३५ हजार ४३३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ११ लाख ९७ हजार १६७ पुगेको छ भने मृतकको संख्या ५ लाख २९ हजार १९७ पुगेको छ । त्यस्तै विश्वभर ६३ लाख ४२ हजार ८४९ जना कोरोना संक्रमित ठिक भएका छन् ।



