गण्डकी प्रदेशमा थप ३२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवन गरिएको परिक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्बतका ३ जना र बाग्लुङका एक जना रहेका छन् । ३२ जना थपिएसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

हेर्नुहोस् पूरा विवरण :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस