गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा विहिबार थप ८ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विहिबार विहान दिएको अपडेट अनुसार प्रदेशका ४ जिल्लाका थप ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरुमा बागलुङका एक जना, स्याङजाका २ जना, तनहुँका ३ जना र पर्बतका २ जना रहेका छन् । नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म २८७ जना कोरोना संक्रमित ठिक भएका छन् । त्यस्तै योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०१४ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री