५ अर्बले घट्यो दातृ निकायको सहयोग

काठमाडौं । विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रि गैरसरकारी संस्था (आइएनजजिओ)ले नेपालमा बजेट बाहिर रहेर ४० अर्ब ४१ करोड ५२ लाख ५६ हजार रुपैयाँ खर्च गर्ने भएका छन् ।

गत वर्ष दातृ निकाय र आइएनजिओले बजेट बाहिरबाट ४५ अर्बको लगानी गरेका थिए । दातृ निकाय र आइएनजिओले उक्त रकम २ सय ४४ परियोजनामा खर्च गर्न लागेका हुन् ।

यस्तै, आइएनजिओले दातृ निकायको प्राविधिक सहायतभन्दा २ अर्ब ८२ करोड ६७ लाख २६ हजार रुपैयाँ बढी खर्च गर्नेछ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा दातृ निकायले प्राविधिक सहायताअन्तर्गत र आइएनजिओले नेपालमा गर्ने खर्च घटेको देखिएको छ ।

राजधानी दैनिकबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री