श्रीलङ्कामा कोभिड-१९ बाट मृत्यु भएका मुस्लिमको शव बलपूर्वक जलाइदिएको आरोप

काठमाडौं ।  श्रीलङ्काको मुस्लिम समुदायले सरकारी अधिकारीहरूले कोरोनाभाइरस महामारीका कारण मृत्यु भएका मुस्लिमको इस्लामिक परम्परा विपरीत दाहसंस्कार गर्न बाध्य पारेको आरोप लगाएको छ।

इस्लाममा शव जलाउन वर्जित छ।

गत मे ४ मा ४४ वर्षीया फातिमा रिनोजालाई कोभिड-१९ भएको आशङ्कामा अस्पताल भर्ना गरियो।

श्रीलङ्काको राजधानी कोलम्बोमा बसोबास गर्ने उनलाई सास फेर्न गाह्रो भएको थियो।

उनका पति मोहमद शफीकका अनुसार फातिमालाई अस्पताल भर्ना गरिएकै दिन सरकारी निकायहरूबाट आफ्नो परिवारमाथि “आक्रमण” सुरु भएको थियो।

“प्रहरी र सैनिकहरू अन्य अधिकारीहरूसँग हाम्रो ढोकामा आए,” उनले भने।

“हामीलाई जबरजस्ती बाहिर निकालियो र उनीहरूले सबैतिर (निःसङ्क्रामक) छर्के। हामी सबै डरायौँ तर उनीहरूले केही बताएनन्। तीन महिने बच्चाको पनि परीक्षण गरियो र उनीहरूले हामीलाई कुकुरलाई जसरी क्वारन्टीन स्थलमा लगे।”

नको परिवारलाई एक रात राखेर दुई हप्ता अलग्गै बस्न निर्देशन दिँदै भोलिपल्ट छोडियो।

त्यति बेलासम्म उनीहरूले फातिमाको मृत्युको भएको सूचना पाइसकेका थिए।

हस्ताक्षर गर्न बाध्य

फातिमाको सनाखत गर्न उनका जेठा छोरालाई बोलाइयो।

कोभिड-१९ का कारण मृत्यु भएकाले परिवारलाई शव दिन नमिल्ने उनलाई बताइयो।

उनका अनुसार बरु शवको दाहसंस्कार गर्ने सहमतिका लागि उनलाई कागजपत्रमा बलपूर्वक हस्ताक्षर गराइयो।

“छोरालाई फातिमाको शरीरका अङ्ग थप परीक्षणका लागि छुट्याउनुपर्ने बताइयो।

यदि उनलाई कोरोनाभाइरस भएको भए किन शरीरको अङ्ग छुट्याउनुपर्‍यो?” शाफिक भन्छन्।

आफूहरूलाई पर्याप्त जानकारी नदिइएको उनको गुनासो छ।

फातिमाको परिवारले जस्तै सरकारले आफूहरूलाई भेदभाव गरेको गुनासो मुस्लिम समुदायका अन्य परिवारहरूले पनि गरेका छन्।

बीबीसीबाट

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अब कोरिया जान मागको तीन गुणा मात्र आवेदन लिइने

काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका …

प्रतिकृया दिनुहॊस