भारतमा २४ घण्टामा १६ हजारभन्दा बढी संक्रमित थपिए

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ९८५ पुगेको छ । त्यहाँ कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ सय नाघेको छ । यसैगरी २ लाख ७१ हजार ६८८ जना संक्रमित भने निको भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री