देशभर मनसुन सक्रियः यी भू-भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावले वर्षा भइरहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका अधिकांश भूभागमा बदली रहेको छ।प्रदेश १, २, ५, सुदुर पश्चिम र बागमति प्रदेश आसपासका क्षेत्रहरूमा बर्षा भईरहेको छ।

आज र भोली पनि देशका अधिकांश स्थानहरुमा बर्षा हुने महाशाखाको अनुमान छ । आज दिउँसो देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाको अनुमान छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

असार ११ गते (बिहीबार)
दिउँसोः देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, २, 5, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

असार १२ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

असार १३ गते (शनिबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, २, ५, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुको बाणगंगामा घरभित्र भेटियो दम्पतीको शव

काठमाडौं । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् । बाणगंगा ८ को ढोडेकोलमा …

प्रतिकृया दिनुहॊस