हेटौँडा-कुलेखानी-काठमाडौँ सडकखण्डमा पहिरो, यातायात अवरूद्ध

हेटौँडा । हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका-६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ ।

अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिए । लमजुङ- पहिरोले लमजुङ-मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सकड पुनः अवरुद्ध भएको छ ।

शनिबार बिहानबाट गएको पहिरोले अवरुद्ध सडक आइतबार साँझबाट पुनः शुरु भए पनि आज बिहान यस सडकअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

आइतबार रातिबाट परेको वर्षाले लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकास्थित रामबजार, स्यागे, गोप्टेभिरलगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । सकड अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सञ्चालन हुने सवारीसाधनदेखि मानिस रोकिएको उनको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री