कोरोना अपडेट : विश्वभर ४ लाख ६९ हजार ६ सयले ज्यान गुमाए, ९० लाख ३७ हजारबढी संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेकोको संख्या ९० लाख नाघेको छ । अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९० लाख ३७ हजार ३९५ पुगेको वल्र्डओमिटरले जनाएको छ ।

संक्रमितमध्ये ४७ लाख ९६ हजार ९३७ जना उपचारपछि निको भएका छन् । आज विहानसम्मको तथ्याङ्क अनुसार विश्वभर ३७ लाख ७१ हजार ५१० जना उपचारका क्रममा छन् । संक्रमितमध्ये ५४ हजार ७१९ जनाको अवस्था मात्रै गम्भीर छ । बाँकी सबै संक्रमितको अवस्था सामान्य छ ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका एक लाख २९ हजार ३९५ संक्रमित थपिएका छन् । संक्रमणको कारण गएको २४ घण्टामा विश्वभर तीन हजार ३३७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभर चार लाख ६९ हजार ६०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अमेरिकामा मात्रै एक लाख २२ हजार २६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यसपछि क्रमशः ब्राजिल, बेलायत, इटाली, फ्रान्स, स्पेन, मेक्सिको, भारतलगायतका देशमा धेरैले ज्यान गुमाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री