काठमाडौं । केही दिनअघि देशको पूर्वी भू-भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्ष भइरहेको छ ।
वर्षा केही दिनसम्म जारी रहने भएकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस वर्ष जुन १२ (जेठ ३०) गते नेपालको पूर्वी भू-भाग हुँदै मनसुन भित्रिएको थियो ।
आज दिउँसो प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ । ती क्षेत्रहरुमा नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान :-
असार ०८ गते (सोमबार)
दिउँसोः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
रातीः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
असार ०९ गते (मंगलबार)
दिउँसोः देशको सबै प्रदेशका अधिकांश स्थानहरुमा आँशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
असार १० गते (बुधबार)
दिउँसोः देशभर सामान्य देखि पुर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश ५, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
रातीः देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पुर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।




