सुनको मूल्य तोलाकै ९० हजार नाघ्यो

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य अहिलेसम्म कै उच्च रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा रु ७०० ले बढेर प्रतितोला ९० हजार ६०० मा कारोवार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० मा कारोवार भएको थियो ।

आज तेजावी सुनको मुल्य ९० हजार १६० कायम भएको छ । त्यस्तै, आइतबार चाँदीको मुल्य तोलामा रु १० ले बढेर प्रतितोला ९४० रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री