लकडाउन खुकुलो भएपछि काठमाडौं फर्कनेको लस्कर, दिनहुँ थपिंदै संक्रमित

काठमाडौं । लकडाउन खुकुलो भएपछि राजधानी फर्कनेको संख्या ह्वात्तै बढेको छ । सार्वजनिक गाडी चलेका छैनन् तर निजी यातायात साधनले नागढुंगामा जाम हुन थालेको छ । अन्य नाकाबाट पनि यसरी नै सवारीसाधनको ताँती लागेको छ ।

लस्करका लस्कर काठमाडौं भित्रिनेको संख्या बढेसँगै उपत्यकामा कोरोना भाइरस संक्रमित बढ्ने क्रम पनि बढेको छ । हिजो (शुक्रबार) काठमाडौंमा थप तीन जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार पनि उपत्यकामा ६ जना संक्रमित भेटिएका थिए । नयाँ पत्रिका दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस