दैलेख । कोरोना सङ्क्रमणको उच्च जोखिम मानिए पनि जिल्ला स्वास्थ्य कार्यालय दैलेखको तथ्याङ्कले भने कोरोना जितेर घर फर्कनेको संख्या ह्वात्तै बढेको देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन थीरप्रसाद रेग्मीले बिहीबारसम्म कोरोना जितेर घर फिर्नेको संख्या ३३४ पुगेको जानकारी दिए ।
क्वारेन्टिन र आइसोलेशनमा २५ दिन पुगेका र दुई पटकसम्म पीसीआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि जिल्ला सुरक्षा परिषद्ले निर्णय गरेर घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।
दैलेखमा कोरोना सङ्क्रमित ७२१ पुगेका छन् । झण्डै एक हजार जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाईंको प्रतिकृया




