काठमाडौं । साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४० हजार ३२३ जना संक्रमित भएसँगै संक्रमितको संख्या ८५ लाख ७० हजार १७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १२६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ५५ हजार ५७८ पुगेको छ । ३६ लाख ५ हजार ३४६ जनाको उपचार भइरहेको छ भने ४५ लाख ९ हजार २५५ जना उपचारपछि निको भएका छन् ।
तपाईंको प्रतिकृया



