लकडाउन खुकुलो भएसँगै बजार खुल्यो तर, छैनन् ग्राहक [भिडियोसहित]

काठमाडौं । कोरोना महामारीपछि सरकारले जारी गरेको लकडाउनका ८४ औं दिन बजार अधिकांश खुलेको छ । सरकारले लकडाउन खुकुलो बनाउने रणनीति लिएसँगै बजार खुलेको हो ।

काठमाडौंको मुख्य व्यापारिक केन्द्रका बजारका प्रायः सबै पसल खुलेका छन् तर, बजार-पसल खुलेपनि ग्राहकको उपस्थिती भने न्यून देखिएको छ । लामो समयको लकडाउनपछि पसलहरूमा ग्राहकको चहलपहल छैन । व्यापारीहरू पसल खोलेर ग्राहकको प्रतिक्षामा बसेपनि किन्ने मानिस नहुँदा बजार सुनसान सरह छ ।

सरकारले सवारी साधन सञ्चालनमा जोर, बिजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप पनि बढेको छ । त्रिपुरेश्वर, थापाथली, बानेश्वर, जमल, ज्ञानेश्वरलगायतका ठाउँमा सवारी चाप अत्यधिक बढेको देखिन्छ । हेर्नुहोस् ज्ञानेश्वर-रातोपुल क्षेत्रको यो दृश्य :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री