कर्णाली प्रदेशकाे बजेट ३३ अर्ब ७३ करोडकाे, नयाँ गाडी नकिन्ने

काठमाडाैं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ।नयाँ बजेटमा  बैठक भत्ता र खाजा खर्च कटौती गरेको छ ।

साथै, कर्णाली प्रदेशले एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन खरिद नगर्ने भएको छ।

कार्यालय सञ्चालन, मर्मत, इन्धन, फर्निचर र विभिन्न शीर्षकको खर्चमा पनि करिब ६० प्रतिशत कटौती गरिएको छ। संघ र स्थानीय तहबाट अनुदान प्राप्त गर्ने व्यक्ति वा संस्थालाई दोहोरो पर्ने गरी प्रंदेश सरकारबाट अनुदान नदिने पनि घोषणा गरिएको छ ।

कोरोना संक्रमितबाट मृत्यु हुने नागरिकका परिवारलाई १ लाख राहत दिने घोषणा गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री