काठमाडौं । पर्वतको कुश्मा नगरपालिका-३ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।शनिवार राति करिब साढे ८ बजे आएको पहिरोले दुई घर बगाएको थियो भने ९ जना बेपत्ता भएका थिए।
पहिरोमा पुरिएका स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीया मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी-९ घर भइ माइती आएकी ३० वर्षीया डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा-३ का २६ वर्षीया कमला विक, र ७ वर्षीया प्रमिशा विकको शव भेटिएको हो ।
जेनिश वि.क. हालसम्म फेला नपरेको हुँदा खोजी भईरहेको छ ।
तपाईंको प्रतिकृया




