नेपालमा कोरोना संक्रमणबाट १६औं व्यक्तिको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा  मृत्यु हुनेको संख्या    सोह्र  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक अर्घाखाँचीका ५७  वर्षीय पुरुष हुन् ।

उनी  १४ अगाडि  भारतबाट नेपाल आएका उनी मालारानी गाउँपालिका– ४ को क्वारेन्टाइनमा बसेका थिए ।

क्वारेन्टाइनमा बसेको एक सातापछि छाती दुख्ने, सास फेर्न गाह्रो हुने समस्या देखिएपछि बुधबार बिहान बुटवलबाट उपचार गरेर फर्किने क्रममा  मृत्यु भएको थियो ।

उनको स्वाब संकलन गरी परीक्षणका लागि लगिएकोमा रिपोर्ट पोजिटिभ आएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री