कैलाली । धनगढी उप-महानगरपालिका वडा नं १२ जुगेडाका युवाहरुले क्वारेन्टाइनमा रहेकाहरुलाई खाजा र पानी खुवाउदै आएका छन् ।
शुभइच्छा नबयुवा क्लब परीवारले जुगेडा स्थीत दुर्गा निम्न माध्यामिक विद्यालयमाको क्वारेन्टाईनमा रहेका ४५ जनालाई खाजा र पानीको व्यवस्था गरेको हो ।
“सेवा नै धर्म हो” भन्ने हेतुले क्वारेन्टाईनमा रहेकाहरुलाई मास्क, सेनिटाएजर, पिउने पानी (सर्बत ) र पखां बितरण गरिएको क्लबका अध्यक्ष शुसान्त तामाङले बताए ।
स्थानीयवासी र व्यापारीबाट रकम संकलन गरीे व्यवस्था गरिएको अभियानका संयोजक सन्दिप तामाङले बताए । उनले यस अभियानमा साथ दिनेहरुलाई धन्यवाद दिदै अभियानलाई अझ सशक्त, प्रभावकारी , सेवामुखि बनाउन लागेको बताए ।
तपाईंको प्रतिकृया



