नेपालमा थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ३ सय पुग्यो

काठमाडौं । नेपालमा आज थप  २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधबार थप २०१  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ३ सय   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २७८ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री