काठमाडौं। बुद्ध एयरले काठमाडौं–सुर्खेत–काठमाडौं उडान पुनःउडान शुरु गर्ने भएको छ । २०७० असार महिनाबाट बन्द भएको काठमाडौं–सुर्खेत उडान नयाँ वर्षको अवसर पारेर वैसाखदेखि उडान शुरु गर्ने भएको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्रीय राजधानी काठमाडौंसग जोड्नु आफ्नो दायित्व समेत भएकाले नियमित उडान गर्न लागिएको बुद्ध एयरले जनाएको छ ।
कम्पनीले दिएको जानकारी अनुसार १८ सिट क्षमताको बीच १९००डी जहाजबाट काठमाडौं–सुर्खेत–काठमाडौंको दैनिक एक उडान गर्ने छ ।
तपाईंको प्रतिकृया




