ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा रहेको एक होटलमा आगलागी भएको छ । ‘होटल ईको भ्यू पोइन्ट’मा आगलागी भएको हो ।
आगलागीबाट होटलको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको तर क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासीले फुङ्लिङ नगरपालिकाको दमकलको प्रयोग गरी करिब एक घण्टापछि आगो निभाएका थिए । तर आगलागीको कारण खुलेको छैन ।
प्रतिकृया दिनुहॊस