काठमाडौँको बूढानीलकण्ठका २ जना कोरोना जितेर फिर्ता

 काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् ।

बूढानीलकण्ठ-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा यही जेठ ३ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको थियो । तीनचार पटकसम्मको परीक्षणमा नेगेटिभ आएपछि ती युवती घर फर्किएकी छिन् ।
त्यसैगरी ,बूढानीलकण्ठ-३ स्थायी घर भएका ३७ वर्षीय पुरुषलाई जेठ १२ गते  कोरोना पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखी उपचार गरिएकामा दुई पटकसम्मको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई पनि  पाँच दिनमा घर फर्काइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस