प्युठानको क्वारेन्टाइनमा मृत्यु भएकी महिला पिसिआर नेगेटिभ

झिमरुक । प्युठानमा यही जेठ १३ गते क्वारेन्टाइनमा मुत्यु भएकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टाइनमा बस्दै आएकी महिलाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

ती महिलाले लामो समयदेखि भारतमा बे्रन ट्युमरको उपचार गराइरहेकामा चिकित्सकले निको नहुने भनी घर पठाएका थिए । उनीसँगै क्वारेन्टाइनमा बसेका उनका श्रीमान्, आमा, भाइ र दुई छोराको यसअघि आरडिटी रिपोर्ट नेगेटिभ आएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस