डम्मर बम
नेपाली उखान ‘१२ वर्षमा खोला पनि फर्किन्छ ।’ खोला फर्कियो कि फर्किएन तर जेष्ठ १५ नेपालमा ‘गणतन्त्र’ स्थापनाको १२ वर्ष पुग्यो । २०६२-६३ को जनआन्दोलनबाट लोकतन्त्र स्थापना भएपछि २३९ वर्ष लामो राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो । गणतन्त्र दिवशकै अवसरमा प्रधामन्त्री केपी शर्मावलीले शुभकामना व्यक्त गरे । १२ वर्षको उपलब्धी एक लाईन शुभकामना…।
नेपाली जनताको अधिकार स्थापित गर्नका लागि पटक पटक नेपाल आन्दोलन भए । तर जुनसुकै शासशन सत्ता आएपनि नेपाली जनताले त्यसको प्रत्याभुत गर्न पाएन्न । जनताद्वारा जनताकालागि गरिने शासनलाई प्रजातन्त्र भनिन्छ । जसको प्राप्तिका लागि २००७ सालको क्रान्ति सफल भएपछि १०४ वर्षे निरङ्कुश जहानीया राणा शासन अन्त्य भयो र प्रजातन्त्र आयो । त्यसैगरी राजा महेन्द्रद्धारा प्रथम जननिर्वाचित प्रधामन्त्री विपि कोईरालाको सरकारलाई अपदस्त गरी विसं २०१७ पौष १ गते कू गरी प्रजातन्त्रको घाँटी निमोठियो ।
बैशाख ११ गतेको सम्बोधनमा ७ राजनीतिक दलको मार्गचित्र बमोजिम विघटित संसद पुनर्स्थापित गरेको घोषणा गरेपछि लोकतन्त्रको स्थापना भयो । जुनसुकै शासनसत्ता आएपनि नेपाली जनताले अझै आफ्नो अधिकार स्थापित भएको अनुभुती गर्न सकेका छैन्न ।
नेपालमा पन्चायती व्यवस्था लागु भयो । २०३३ साल पुस १६ गते विपि कोईराला लहौ पुरुष गणेशमान सिंहसहित राजासँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर नेपाल फर्के । ०३६ सालमा भएको जनमतसंग्रह पञ्चहरुबाट धाँधली भयो । प्रजातन्त्रको पु्र्नवाहालीका लागि लहौ पुरुष गणेशमान सिंहको नेर्तत्वमा २०४६-०४७ मा जनआन्दोलन भयो अन्तत जन आवाज दबाउने प्रयासहरु विच बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको ब्यवस्था भयो । वि.सं. २०५२ सालदेखि नेपालमा नेकपा माओवादीले जनयूद्धका नाममा द्धन्द्ध शुरु गर्यो । जसको राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको स्थापनाको लागि लक्षित थियो ।
२०५८ सालमा राजा बीरेन्द्र र राजपरिवारको नारायणहिटी दरवारमा हत्या भयो । ज्ञानेन्द्र नेपालका राजाका भए । राजाभए लगत्तै राजा ज्ञानेन्द्रले देशमा संकटकालिन अवस्था लागू गरे । माओवादी जनयुद्ध रोकियो न त दलहरूबीच नै सहमति बन्न सक्यो । फलतः राजाले निर्वा्चित संसद भङ्ग गरी सत्ता आफ्नो हातमा लिए । नेपाल अधिराज्यको संविधान २०४७ मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए ।

विना संसदको देशमा विभिन्न व्यक्तिहरूको प्रधानमन्त्रीत्वमा राजाले मन्त्रीमण्डल फेर्दै गए र अन्ततः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरे । सञ्चारमाध्यमहरूमा सेन्सरसिप लागु गरे । जनताको मौलिक अधिकारमा प्रतिबन्ध लाग्यो ।
विभिन्न राजनीतिक दलहरूको गठबन्धनले राजाको कदम विरूद्ध २०६२-६३ को जनआन्दोलनबाट शरु भयो । २०६३ बैशाख ८ गते राजाले एक घोषणा गरी जनताको नासो जनतामा नै फिर्ता गरेको घोषणा गरे । तर आन्दोलन मत्थर भएन त्यसपछि बैशाख ११ गतेको सम्बोधनमा ७ राजनीतिक दलको मार्गचित्र बमोजिम विघटित संसद पुनर्स्थापित गरेको घोषणा गरेपछि लोकतन्त्रको स्थापना भयो । जुनसुकै शासनसत्ता आएपनि नेपाली जनताले अझै आफ्नो अधिकार स्थापित भएको अनुभुती गर्न सकेका छैन्न ।
राजनीतिक र प्रशासनिक परिवर्तनले मुलुकमा गणतन्त्र स्थापना भएको केही छनक पाइए पनि व्यवहार, सोच, शैली र नागरिकको जीवनस्तरमा १२ वर्षको अभ्यासले पनि तात्विक फरक ल्याउन सकेको छैन ।
प्रजातन्त्रमा जनताले चुनेर पठाएका ब्यत्तिहरुले शासन व्यवस्था संचालन गर्ने गर्दछन् । राज्यले नागरिकमा भेदभाव गर्न हुँदैन भन्ने प्रजातन्त्रको आधार हो । स्वतन्त्रता, जन मतको सम्मान, अभिब्यक्ति स्वतन्त्रता नै प्रजातन्त्रको मुलमन्त्र हुन् । गणतन्त्रात्मक शासन पद्धतिमा जनताद्वारा चुनिएका प्रतिनीधीहरुले शासन गर्ने गर्दछन् । गणतन्त्र नेपाल हुनुभन्दा अघि राष्ट्रप्रमुख हुनकालागि राजपरिवारकै वारिसले हुने व्यवस्था थियो । शाही परिवारबाट राष्ट प्रमुख नभएर जनताका छोराछोरी राष्ट प्रमुख हुने व्यवस्था आयो । तर त्यसको प्रत्याभुती जनताले गर्न पाएन्न । जनताका आधाभुत आवश्यकताहरु न्यूनत्म गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीमा जनताको सहज पहँुच पुग्न सकेको छैन् । गणतन्त्र दिवशकै अवसरमा शुभकामना दिदै ट्वीट गदै नेताहरु निरासावादी कुरा राखेका छन् । गणतन्त्र स्थापना र संविधान कार्यान्वयन व्यक्त गरिएका कुराले अझै नेपाली जनताको वलिदानको अवमूल्यन गरिएको आभास भएको छ ।
डा. शेखर कोइराला १२ बुदे सहमतीको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना र सहिदहरुप्रती सम्मान ब्यक्त गर्दछु। जुन लक्ष्य र अभिलाषाले गणतन्त्र स्थापना भएको हो त्यो पुरा हुन सकेको छैन र बर्तमान सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढेर गएको छ । यसमा सबैको खबरदारी जरुरी छ ।
भीम रावल बाह्रौँ गणतन्त्र दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना ! देश र जनताका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूमा हार्दिक श्रध्दाञ्जलि ! देश र जनताको स्वाधीनता, स्वाभिमान, हित र समृदिका लागि सरकार संविधान र कानून बमोजिम तथा राजनीतिक दल विधि-विधान अनुसार संचालन हुने पद्धति बलियो बनाऔं ।
कमल थापा आज जेठ १५ १२बर्षअघिको त्रुटि सच्याएर नेपालको भूराजनीतिक अवस्था र सामाजिकरसांस्कृतिक परिवेश अनुकुल राजसंस्था सहितको लोकतन्त्र स्थापनागर्न आजको दिनले प्रेरणा प्रदान गरोस्। सबै अटाउने ब्यवस्थामा नै राष्ट्रिय एकता,अखण्डता र सार्वभौमिकताको रक्षागर्न तथा सम्बृद्ध नेपाल निर्माणगर्न सक्छ ।
गगन थापाः संविधानमा,कानूनमा यो लेख्यौँ भनेर गर्व गरिरहँदा यथार्थमा भने’नवराज’हरूले मान्छे भएर बाँच्ने हक समेत पाउन नसकेको देख्दा लज्जाबोध भएकोछ।यस्तो अपराधको ढाकछोप गर्नेञसभ्यझहरू देखेर आक्रोशको आगो बलेको छ । नवराजहरु मान्छे हुन नपाउने! शुभकामना होइन गणतन्त्रलाई सार्थक बनाउने प्रण गर्नु छ ।
रामकुमारी झाँक्री गणतन्त्र स्थापना भएको आज १२ वर्ष पुगेछ। १२ वर्षमा त राम बनबासबाट फर्केका थिएँ । नेपाली राजनितीमा वादको कुरा नगरौ।तर हाम्रो राजनितीले समाजको पिधको वर्गलाई कति सम्झियो? उनका विषय कत्तिको बहसमा आए? समीक्षा गरौं! गणतन्त्र दिवशको अबसरमा सबैमा हार्दिक शुभकामना ।
विजयकुमार पाण्डे ‘मलाई दास बन्न अस्विकार्य छ । मलाई दास बन्न अस्विकार्य भएकाले , मलाई कसैको मालिक बन्न पनि अस्विकार्य छ । यी दुइ वाक्यले स लोकतन्त्र बारे मेरो धारणा बताउछन ।’ -लिंकन
खगेन्द्र संग्रौला सत्तास्तरमा कुशासन,भ्रष्टाचार,लूट र झुठ व्याप्त छ,जनस्तरमा छुवादूत,उचनीच,द्वेष र दुर्भाव व्याप्त छ। सार्वजनिक व्यवहार र आचरणमा राष्ट्रपतिमा राजा गन्हाउँछ,प्रधानमन्त्री-मन्त्रीमा ठालू गोचर हुन्छ।कस्तो गणतन्त्र ल्याइएछ भनी गम खाँदा मनै खिन्न हुन्छ,अनि के को गणतन्त्रको शुभकामना?
जनताका प्रतिनिधिद्धारा व्यक्त गरिएका यस्ता निराशावादी कुराहरु संविधान लेख्ने र कार्यान्वयन गर्ने नेताहरुबाट आउन्छ, अनि आम जनताले गणतन्त्रको शुभकामना कसरी लिने । वर्षको एक दिन शुभकामना दिने र चुनावमा मात्र जनताको अवस्थावारे सोध्ने नेपाली जनताको नेतृत्व गर्नेहरुबाट कसरी जनताले मौलिक अधिकारको अपेक्षा गर्ने । त्यसैले जनतामा निराशा होइन आशाका दिप वाल्नु जरुरी छ । त्योपनि व्यवहारिक रुपमा ।




