साइबर सुरक्षा र प्रविधी सम्बन्धी कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याउन माग

काठमाडौं । सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सिएसआरआई)ले नीति तथा कार्यक्रममा अगाडि सारिएका साइबर सुरक्षा र प्रविधी सम्बन्धी कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याउन माग गरेको छ।

सोमबार सिएसआरआईका पदाधिकारीहरुले अर्थ सचिव शिशिर ढुंगानालाई भेटेर बुँदागत रुपमा साइबर सुरुक्षा र सूचना प्रविधी सम्बन्धी नीति तथा कार्यक्रममा समेटिएका विषयमा पर्याप्त बजेटको व्यवस्था गर्न माग गरेका हुन्।

‘हामीले नीति तथा कार्यक्रममा साइबर समेटिएका साइबर सुरक्षा र सूचना प्रविधि सम्बन्धी कार्यक्रममा पर्याप्त बजेटको माग गर्न बुँदागत रुपमा नै अर्थसचिवलाई आग्रह ग¥यौं,’ सिएसआरआईका महासचिव शालिकराम पराजुलीले भने, ‘उहाँले यसमा सकारात्मक प्रतिक्रिया जनाउनुभएको छ।’ उनले अहिलेको साइबर युगमा राष्ट्रको साइबर सुरक्षा प्रणाली बलियो बनाउन जरुरी रहेको बताउँदै त्यो बलियो पार्न नसके नेपालीको सम्पत्ति समेत सुरक्षित रहन नसक्ने बताए।

अर्थसचिवसहित प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अली र विकास सल्लाहकार ई. गजेन्द्र थपलियालाई समेत बुझाइएको पर्याप्त बजेटको माग गरिएको उक्त सुझावपत्रमा नेपालमा साइबर सुरक्षा विशेष ध्यान दिन आग्रह गरिएको छ।

सिएसआरआई ‘डिजिटल नेपाल फ्रेमवर्क’ अवधारणालाई लागू गर्ने गरी नीतिहरु बनाउदैं त्यसका लागि पर्याप्त बजेटका व्यवस्था गर्न माग गरेको छ। यस्तै, सूचना प्रविधिको क्षेत्रमा सीप र क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम, गोष्ठी तथा सेमिनारहरुलगायत सचेतनामूलक कार्यक्रम राख्न सुझाव दिएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सूचना प्रविधि र साइबर सूरक्षामा सहकार्य गर्नुपर्ने, साइबर सेनाको कल्पना गरेर कार्यक्रम लागु गर्न, हजारौं सेक्यूरिटी विज्ञहरुलाई साइबर सेनाको रुपमा तयार पार्नुपर्ने र सूचना प्रविधि तथा साइबर सुरक्षामा लगाउनुपर्ने पनि उक्त सुझावमा उल्लेख छ।

त्यस्तै, सिएसआरआईले साइबर सुरक्षाका बारेमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्न, पूर्वाधार बलियो बनाउने गरी नीति बनाउन, आईओटी, क्लाउड कम्प्यूटिङ, एआईलगायतका नयाँ प्रविधिहरुको विकास र प्रयोगको लागि कार्यक्रम लागु पनि पर्याप्त बजेटका आवश्यकता भएको सुझावमा उल्लेख गरेको छ।
सिएसआरआईका पूर्व अध्यक्ष चिरन्जीवी अधिकारीले नेपाल अहिलेको सूचना प्रविधीको युगमा साइबर सुरक्षा सबैभन्दा महत्वपूर्ण भएकाले यसमा बजेट पनि त्यहीअनुसार व्यवस्था गर्नुपर्ने बताए। ‘अहिलेको युगमा मुलुकको सुरक्षाका लागि हाम्रो साइबर सेक्युरिटी प्रणाली पनि बलियो बनाउन जरुरी छ,’ उनले भने, ‘साइबर थ्रेट मिनिमाइज गर्न, क्षमता अभिवृद्धि गर्न, साइबर इन्सिडेन्ट ह्याण्डलिङ गर्न, सेक्युरिटी अप्रेसनल सेन्टर चलाउनका लागि पर्याप्त बजेटको माग गरिएको हो।

सिएसआरआईका नवनियुक्त प्रा.डा. प्रा.डा. सुवर्ण शाक्यले देशलाई साइबर सुरक्षाको विशेष अनुसन्धान हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिए। ‘अहिलेको साइबर युगमा मुलुकलाई विशेष अनुसन्धान हबका रुपमा विकास गर्नुपर्छ, त्यसका लागि पर्याप्त लगानी जरुरी छ,’ उनले भने, ‘नेपालमा त्यसमा ध्यान दिन आवश्यक छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

कोरोना भाइरस अपडेट: विश्वभर मृत्यु हुनेको संख्या ५ लाख ४१ हजार ४ सय ९० पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या …

प्रतिकृया दिनुहॊस