अमेरिकामा कोरोना संक्रमितको सख्या १७ लाख ६८ हजार ४ सय ६१ पुग्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ३ हजार ३ सय ३० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १७ लाख २५ हजार २ सय ७५ जना छन् ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २ सय २३ जनाको मृत्यु भएको छ भने २२ हजार ६ सय ५८ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित एको छन् ।

न्युवर्कमा हालसम्म ३ लाख ७६ हजार ३ सय ९ जना संक्रमित भएका छन् भने २९ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ।

त्यसैगरि न्युजर्सी राज्यमा १ लाख ५९ हजार २ सय ६४   जना संक्रमित छन् भने ११ हजार ४ सय १२ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री