२ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब ६० करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ लाख रोजगारी सिर्जना गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले २ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

आर्थिक वर्ष २०७७-७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले इन्टर्न गरेकालाई रोजगारी दिए तीन महिनासम्म आधारभूत तलबको आधा अनुदान सरकारले दिने व्यवस्था गरिएको बताए ।

यसबाट ५० हजार रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस