काठमाडौं । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि भोलिबाट रोजगार अनुमति प्रणाली (ईपीसएस) परीक्षाको आवेदन खुल्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ ।
र्इपीएस नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने छ । आवेदन दिदाँ लाइन बस्नु पदैन। तर, बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने छ ।
भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।
आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुलक ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउनुपर्नेछ । यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ ।
त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।



