उपत्यकामा लकडाउन उल्लंघन गर्ने ६४५ सवारी साधन नियन्त्रणमा

काठमाडौं ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।

आज मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ६ सय ४५ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ५८५ दुई पांग्रे र ६० चार पांग्रे रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री