बन्दाबन्दीको समयमा गाउँमा पुग्यो पहिलोपल्ट बिजुली

मेलम्चीे । बन्दाबन्दीका बीच चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित ओख्लेटार गोलिवाङमा पहिलोपटक बिजुली पुगेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बत्तीको स्वीच अन गरेर उद्घाटन गरेकी हुन् ।

वडा नं ३ को ओख्लेटार गोलिवाङका १० घरधुरीमा शुक्रबारदेखि बिजुली बलेको वडाध्यक्ष गोवर्धन अधिकारीले जानकारी दिए । कोभिड–१९ का कारण सरकारले लागू गरेको बन्दाबन्दीका बीच पनि केही बाँकी कामलाई निरन्तरता दिएर बत्ती बाल्न सफल भएको उनले बताए ।

हालसम्म वडा नं ३ मा ९९ प्रतिशत घरमा बिजुली बलिसकेको वडाध्यक्ष अधिकारीले बताए । असार मसान्तसम्म शतप्रतिशत घरधुरीमा बिजुली बाल्ने लक्ष्यका साथ काम गरिरहे पनि बन्दाबन्दीले विद्युत् विस्तारमा समस्या सिर्जना भएको बताए । गाउँमा पहिलो पटक विद्युत् पुगेपछि स्थानीयवासी खुशी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले बंगलादेशमा बिजुली बेच्दै, प्रतिमहिना ३३ करोड आम्दानी हुने

काठमाडौँ । नेपालले पहिलो पटक शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो ।

प्रतिकृया दिनुहॊस