डम्मर बम
भारतमा रोजगारी गुमाएर समस्यामा परेका नेपालीहरुलाई राहत वितरण शुरु गरिएको छ । खड्का समाजले भारतको तमिलनाडुराज्यको चेन्नई क्षेत्रमा समस्यामा परेका नेपालीहरुलाई राहत वितरण शुरु गरेको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण भारतमा साढे दुई महिना देखि लकडाउन गरिएको छ । तमिलनाडु राज्यमा होटल, डिपार्टमेन्ट स्टोर, ड्राइभर लगायतका क्षेत्रमा कामगर्दै आएका नेपालीहरु डकडाउनका कारण समस्यामा परेका छन् ।
रोजगारी गुमाएका अहिले साथिभाई कहाँ एउटै कोठमा गुम्सिएर बस्न बाध्य भएको र खान समस्या भएकाहरुलाई खड्का समाज राहत कोष निर्माण गरि अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराइएको खड्का समाजका सचिव मान बहादुर खड्काले बताए । सचिब खड्का अनुसार कोषमा साथिभाईबाट पाँच सय देखि एक हजारसम्म रकम संकलन गरी एक सय जनालाई राहत वितरण गरिएको छ ।
एकजना बराबर पाँच किलो चामल, दाल तेल नुन लगायतको वितरण गरिएको छ । फोन तथा फेसबुक ग्रुप मार्फत सम्पर्कमा आएकालाई नेपालीहरु राहत वितरण गरिएको र सो कार्य जारी रहने सचिब खड्काले बताए । स्थानीय प्रशासनले विहानको ८ बजे देखि दिउँसो १ सम्म लकडाउन खुकुलो पारिएको समयमा मोटरसाइकलमा सम्बन्धितको कोठामा गएर वितरण गरिएको सचिब खड्का बताए । उनका अनुसार लमिलनाडु राज्यमा ५० हजार माथि नेपालीहरु समस्यामा परेका छन् ।




