कोरोना अपडेट : विश्वभर २० लाख मानिस निको भएर घर फर्किए

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका २० लाख २१ हजार मानिस कोरोना निको भएर घर फर्केका छन् ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार २० लाख २१ हजार ६सय ६६ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर ३ लाख २९ हजार ७३१ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ५० लाख ८५ हजार ५ सय भन्दा धेरै छ ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३८५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९४ हजार ९१८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ६६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ९१ हजार २५२ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ७० हजार ५७ जना उपचारपछि निको भएका छन् ।

रुसमा कोरोना भाइरसबाट ३ लाख ८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ७६४ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ८ हजार ७०५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १३५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ९७२ पुगेको छ । २ लाख २० हजार ३४१ जनाको उपचार भइरहेको छ भने ८५ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख ४८ हजार २९३ कुल संक्रमित भएका छन् भने ३५ हजार ७०४ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २७ हजार ३६४ कुल संक्रमित भएका छन् भने ३२ हजार ३३० जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ३२ हजार ३३० जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ८१ हजार ५७५ कुल संक्रमित भएका छन् भने २८ हजार १३२ जनाको मृत्यु भएको छ । यसैबीच ६३ हजार ३५४ जना निको भएर फर्किएका छन् । स्पेनमा २ लाख ७९ हजार ५२४ कुल संक्रमित भएका छन् भने २७ हजार ८८८ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा २ लाख ९३ हजार ३५७ जना संक्रमित भएका छन् भने १८ हजार ८९४ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म एक लाख १६ हजार ६८३ जना ठिक भएका छन् । बेल्जियममा ५५ हजार ९८३ कुल सङ्क्रमित भएका छन् भने ९ हजार १५० जनाको मृत्यु भएको छ । यसैबीच १४ हजार ८४७ जना निको भएर फर्किएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १२ हजार नाघेको छ । एकै दिन थप ५ हजार ५५३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको हो । त्यहाँ संक्रमणबाट ३ हजार ४३४ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ७८ हजार ५३१ कुल संक्रमित भएका छन् भने ८ हजार २७० जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५६ हजार ९ सय निको भएर फर्किएका छन् । इरानमा एक लाख २६ हजार ९४९ कुल संक्रमित भएका छन् भने ७ हजार १८३ जनाको मृत्यु भएको छ । यसैबीच ९८ हजार ८०८ जना निको भएर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री