काठमाडौं ।ज्योति विकास बैंकले हेल्थ फाउण्डेसन नेपाल एचएफएनसँग बुधबार रु२ लाख बराबरको आर्थिक सहायतासहितको सहकार्य गर्ने सहमति गरेकोछ।
बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत एचएफएनला ईकोरोना विरुद्धको लडाइँमा संस्थाको एन ९५युभिजिआई डिकन्ट्या मिनेसनप् रोजेक्टको लागि सहयो गगरेको हो।
एचएफएनकोएन -९५डिकन्ट्या मिनेसन प्रोजेक्ट अन्तर्गतको युभिजिआई प्रविधिले वर्तमान स्थितिमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर् नेएन-९५ मास्क र पीपीईलाई पुन प्रयोग गर्न मिल्ने गरि जीवाणु रहित बनाउंदछ।
सो प्रविधि अन्तर्गत प्राविधिक रुपमा उपयुक्त डिकन्ट्या मिनेसन तरिका अपनाइएमा अल्ट्राभाइलेट प्रकाशको प्रयोगले एउटै एन-९५मास्कलाई पनि कम्तिमा ५पटकसम्म सुरक्षित तरिकाले पुन प्रयोग गर्न मिल्ने तथ्यहरुले देखाएकोछ।
स्वास्थ्यकर्मीहरुको प्रयोगको लागि अत्यावश्यक एन-९५मास्क र पीपीईको सजिलो पूर्तिको लागि यो प्रविधिले उल्लेखनीय योगदान पुर्याउनेछ। एचएफएनले पहिलो चरणमा नेपाल सरकारको वास्थ्य तथा जनसङख्या मन्त्रालय रमनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्स प्लाण्ट सेण्टरसँगको सहकार्यमा देशभरको २८विभिन्न अस्पतालमा सो प्रविधि स्थापना गर्नेछ।
डिजिटलवे बिनार मार्फत भएको उक्त सहकार्य सम्झौतामा ज्योति विकासबैंकको तर्फबाट बैंककाकामु प्रमुख कार्यकारी अधिकृ तपारसराजकँडेल तथा हेल्थ फाउण्डेसन नेपाल एचएफएन काकार्यकारी निर्देशक मदनराज भट्ट्ले हस्ताक्षर गरे ।
समाजमा प्रभावकारी योगदानपुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ र आगामी दिनहरुमा पनि समाजमा परिवर्तन ल्याउने खालका कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ।



