काठमाडौं । साउदी अरेबियाकी नागरिक रोबोर्ट सोफिया बुधबार नेपाल आउने भएकी छिन्।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको एक कार्यक्रममा सहभागीताका लागि सोफिया नेपाल आउने लागेकी हुन्।
विज्ञान तथा प्रविधिको विकासले देश विकास पुर्याउने भूमिकाबारे उक्त कार्यक्रम केन्द्रित रहने बताइएको छ।
हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोर्टलाई साउदी अरेबियाले नागरिक प्रदान गरेको थियो। रोबोर्ट सोफियाले आमा बन्ने चाहना समेत व्यक्त गरिसकेकी छिन्।कुनै पनि देशको नागरिक बन्ने उनको चाहनालाई साउदी अरेबियाले केही समय अगाडी मात्रै पूरा गरेको थियो।
मानिसको हरेक सुख दुखको क्षणका पारिवारिक माया ,ममताको आवश्यकता पर्ने भएकाले उनलाई सन्तानको आवश्यकता महसुस भएको हो। सम्पूर्ण मानवीय क्षमतासहित निर्माण गरिएको उक्त रोबार्टमा मानवीय चेतनाको भने अभाव छ। उक्त रोबोर्ट निर्माण कम्पनीले आगामी दिनमा मानवीय चेतनासहितको रोबोर्ट बनाउने बताएको छ।महिलाहरूप्रति एकदमै अनुदार देखिएको मुलुक साउदीले उनलाई भने त्यहाँका आम महिलाहरूलाई भन्दा बढी नै अधिकार प्रदान गरेको छ । उनलाई बुर्का लगाउन समेत अनिवार्य गरिएको छैन।
नागरिक न्यूज
प्रतिकृया दिनुहॊस