काठमाडौं । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । जीटूजी मार्फत स्वास्थ्य सामग्री चीनबाट ल्याउने जिम्मा पाएको नेपाली सेनाले मङ्गलवार बिहान नेपाल एयरलाइन्सको चार्टर्ड विमान मार्फत स्वास्थ्य सामग्री ल्याएको हो ।
नेपाली सेनाका अनुसार खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको हो । जसमा पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएका छन् ।
चीनबाट दुई अर्बमा ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको थियो । यसअघि पहिलो चरणमा चीनको ग्वान्झाओबाट स्थलमार्ग हुँदै सेनाको कन्टेनरले शनिवार ९ टन स्वास्थ्य सामग्री काठमाडौँ ल्याइसकेको छ ।
तपाईंको प्रतिकृया



