काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ४ हजार ९८७ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९० हजार ९२७ पुगेको छ । त्यस्तै २४ घण्टामा भारतमा १२० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल २ हजार ८७२ पुगेको छ ।
भारतमा अहिलेसम्म ३४ हजार १०९ जना ठिक भएका छन् । त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ४७ लाख २१ हजार ८२८ पुगेको छ भने मृतकको संख्या ३ लाख १३ हजार २६० पुगेको छ । त्यस्तै विश्वभर १८ लाख १२ हजार १३६ जना कोरोना संक्रमित ठिक भएका छन् ।
तपाईंको प्रतिकृया




