कोरोना अपडेट :मृत्यु हुनेको संख्या २ लाख ९८ हजार ७ सय ३७ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ९८ हजार ७ सय ३७ जना पुगेको छ भने ४४ लाख  ५२ हजार ८ सय ६  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि, १६ लाख ७५ हजार ९ सय २८ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र स्पेन छ ।

अमेरिकामा हालसम्म ८५ हजार १ सय ९७  जनाको, बेलायतमा ३३ हजार १ सय ८६    जनाको , इटालीमा ३१ हजार १ सय ६ जनाको र स्पेनमा  २७ हजार ३ सय २१ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ७८ हजार ८ सय १०  जना कोरोना सङ्क्रमित छन् भने २ हजार ५ सय ६४ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ सय ४६ पुगेको छ भने कोरोना संक्रमितमध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री