नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुग्यो

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज साझ १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । नेपालमा भेटिएका १ सय ३४ संक्रमित मध्ये ३३ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री