एभरेष्ट बैंकका कर्मचारीद्वारा राहत सामग्री वितरण

काठमाडौं । एभरेष्ट बैंक कर्मचारी परिवारले लक्डाउनका कारण रोजगार गुमाएका विभिन्न विपन्न परिवारहरुलाई ३० लाखकाे राहत सामग्री वितरण गरेका छन्। यी सबै राहत सामग्रीहरु देशका विभिन्न भागहरुमा स्थानीय निकायहरुको समन्वयका साथ वितरण गरिएको थियो ।

राहत सामग्री वितरण गर्न प्रयोग गरिएको सबै रकम एभरेष्ट बैंकका कर्मचारीहरुले योगदान गरेका थिए ।

एभरेष्ट बैंकले यस अघि रु. १ करोड २ लाख रुपैयाँको रकम नेपाल सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप