काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सार्क देशको अवस्था : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म २ हजार १ सय २७ जनाको मृत्यु भएको छ ।
सार्क देश मध्ये भारतमा सबैभन्दा धेरै १ हजार ३ सय ९५ जनाको मृत्यु भएको छ । त्यस्तै, पाकिस्तानमा ४ सय ६२, बंगलादेशमा १ सय ७७, अफगानस्थानमा ८५, श्रीलंकामा ७ तथा माल्दिभ्समा १ जनाको मृत्यु भएको छ ।
हालसम्म सार्क देशमा संक्रमितको संख्या ७५ हजार ९ सय ३२ जना पुगेको छ । सबैभन्दा बढी भारतमा ४२ हजार २ सय ६० जना संक्रमित छन् । यस्तै पाकिस्तानमा २० हजार १ सय ८६, बंगलादेशमा ९ हजार ४ सय ५५, अफगानस्थानमा २ हजार ७ सय ४, श्रीलंकामा ७ सय १८ , माल्दिभ्समा ५ सय २७ , नेपालमा ७५ र भुटानमा ७ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

तपाईंको प्रतिकृया



